Tuesday, June 23, 2015

म स्कूटर, मोटरसाईकल र मोटर तिनै चलाउछु । विशेषत नेपालमा मोटरहरु महंगा हुने तथा पर्किग र ट्राफिकका कारण समेत स्कूटर र मोटरसाईकल ज्यादा रुचाईन्छ । सहजताको हिसावमा मोटरभन्दा मोटरसाईकल र स्कूटरनै सहज भएपनि, मेरो अनुभवमा यि मध्येमा मोटर सवभन्दा सुरक्षित हो भने स्कूटर सवैभन्दा असुरक्षित ।

हिजो आज व्यक्तिगत सवारी साधनहरुमा नेपालमा पहिले भन्दा स्कूटरको अनुपात ज्यादै वढेको छ । यसो हुनुको पहिलो कारण सामाजिक हो जस्तो लाग्छ । विशेषत स्कूटर महिलाहरुले चलाउने र महिला समानता र शशक्तिकरणका कुराहरु घरभित्र र समाजमा पनि पहिलेको तुलनामा सुधार भएको कारण  महिलाहरुलाई सुविधा वढ्न गएको देखिन्छ । महिलाहरुमात्र नभई पुरुषहरुपनि स्कूटर प्रति आकर्षित छन्, किनकि स्कूटर मोटर साईकलको तुलनामा चलाउन सजिलो, सामान वोक्न सहज,सवै प्रकारका पोशाकमा समेत चलाउन मिल्न र  होचो छ ।  सुरक्षाको दृष्टिकोणमा भने मोटरसाईकल भन्दा पनि स्कूटर असुरक्षित छ । यसमा मेरो केहि अनुभवहरु छन, भलै ति वैज्ञानिक रुपमा कति सम्म प्रमाणित हुन मलाई थाहा छैन ।
१. स्कूटरमा खुट्टामा व्रेक हुदैन । दुर्घटना हुनुको प्रमुख कारणनै यहि हो जस्तो लाग्छ । जव मानिस कुनै असहज परिस्थिति महशुश गर्छ वा अतालिन्छ , रिफ्लेक्स एक्सन  (Reflex Action) को कारण शरिर अरोरो जस्तो हुन्छ । यसवाट एक प्रकारको शक्ति निस्कन्छ , जस्ले गर्दा खुट्टामा स्वतह शक्ति प्रभाह हुन्छ । यसकारण मोटरसाइकल चालकले थाहानभैकनै व्रेक दव्न पुग्छ र मोटर साईकल रोकिन्छ । यो सुविधा आधुनिक स्कूटरहरुमा छैन् । यस्को उल्टो रिफ्लेक्स एक्सनको कारण हातमा वल पर्नेहुदा एक्सलेटर आफु तिर जोडले घुम्छ र स्कूटर झन जोडले अगाडी हुक्तिन्छ । हातमा हुने यो प्रकृया मोटर साईकलमा पनि उस्तै हो तथापि खुट्टाको वे्रकको कारण यसको असर मोटरसाईकलमा हुदैन ।
२. स्कूटरमा क्लच (Clutch) हुदैन । क्लचको काम ईन्जिन र फ्युलको कनेक्सन छुटाउनु हो, जसकारण स्कूटरमा त्यो सुविधा रहन्न ।
३. स्कूटरको चक्का सानो हुदा, हाम्रो जस्तो खाल्डाखुल्डि भएको सडकमा अनियन्त्रित हुन्छ । पहिलो कारण जमिन संगको क्लिएरेन्स (Clearance) कम हुदा स्कूटरको वडि (Body)ले जमिन छोई अनियन्त्रित हुन्छ भने दोस्रो चक्काको सरकमफरेन्स (Circumference) सानो हुदा खाल्डामा पर्नासाथ होल्ड (Hold) भई लड्ने सम्भावना वढि हुन्छ ।
४. स्कूटर मोटरसाईकलको दाजोमा चिप्लने र लड्ने वढि हुन्छ । यो पनि सानो चक्का र वे्रककै कारण हो जस्तो लाग्छ । स्कुटमा एउटै व्रेकले कम्वाईन्ड ब्रेकिक सिस्टम (Combined Braking System)को आधारमा अगाडि र पछाडिको चक्का रोक्ने हो । कतिपय देशहरु जस्तै अमेरिकामा फ्रन्ट र रेयर व्रेक छुट्टै हुनै पर्ने कानुनि प्रावधाननै छ । यस्को कारण भनेको स्कूटरमा सेन्टर अफ ग्राभिटि (Centre of Gravity) वढि हुनु र पावर टु वेट रेशियो (Power to Weight Ratio)वढि हुदा एउटै वे्रकवाट स्कूटर रोक्न आवश्यक शक्ति अपुग हुन सक्छ भन्ने हो । मोमेन्टम थ्यौरी (Momentum Theory) र न्युटनको गति सम्वन्धि नियमलाई मान्ने हो भने आवश्यक शक्ति नपुगेमा वल प्रयोग गरिसक्दा पनि स्कूटर चालमै रहन प्रयत्न गर्छ । यहि कारण स्कूटर हुत्तिन्छ ।

५. स्कूटरमा गेर (Gear) हुदैन, तसर्थ मोटरसाईकलमा जस्तो ईन्जिनमा प्रेसर कन्ट्रोल हुन सक्दैन, यसकारण पनि स्कूटर चलाउदा व्यालेन्स विग्रने र वढता हुत्तिन हुन्छ ।



























के गर्न सकिन्छ ?
१. फ्रन्ट र रेयर व्रेक छुट्टै भएका स्कूटर मात्र चलाउन दिने, जस्मा क्लच समेत हुन्छ ।

२. एक्सलेटर रोटेसन सिस्टमलाई अहिलेको भन्दा ठिक उल्टा गर्ने जस्ले गर्दा मानिस अतालिदा जव एक्सलेटर आफुतिर तानिन्छ, त्यो वेला गति कम भई स्कूटर वा मोटरसाईकल रोकियोस ।

3 comments:

About The Blogger

About The Blogger
Badri Khanal is An Agriculture Economist from Nepal
Powered by Blogger.

Popular Posts

Total Pageviews

Flag Counter

Flag Counter

Disclaimer

This Blog does not represent communication for Blogger's Employer and Professional Societies. These are Blogger's personal views, experiences and whenever applicable cited from somewhere ( with citation given).

Feedback

Feedback to this blog can be delivered at badri.khanal1@gmail.com.