Sunday, November 10, 2013


आजभोलि नेपालमा सवै व्यस्त छन् । दैनिक प्रशाशनिक एवम् अन्य सरकारी कार्यहरु भने ठप्प प्राय छन् । सेवाग्राहि सेवा लिन आउन भ्याएका छैनन् । सरकारी संयन्त्र सेवाग्राहीलाई सेवा दिन सक्ने स्थितिमा छैनन् । किसान खेति भित्राउनमा व्यस्त, नेता र कार्यकर्ता चुनाव प्रचारमा व्यस्त अनि प्रशाशनिक संयन्त्र एवम् सुरक्षा निकायहरु चुनाव गराउनेमा व्यस्त । यस्तै व्यस्तता वीच चुनाव हुन्छ, हुन्न , भएमा कस्ले जित्छ भन्नेजस्ता वहसहरु सर्वत्र फैलिएको छ । अलग्गै पार्टिगत एजेन्डा समेत नभएका दलहररु तछाड मछाड गर्दै आचारसहिताको समेत ख्याल नगरी चुनावमा होमिएको देखेर हामी जस्ता नागरीकहरु उत्साहित हुनुपर्नेमा, त्यसो हुन सकिराखेको छैन । आखिर किन जनता निरुत्साहित भएत त्यस्को सजिलो जवाफ भनेको अघिल्लो संविधान सभाको निर्वाचन पछि हाम्रा राजनैतिक पार्टीहरुले देखाएको आचरण र उनीहरुको अकर्मण्डताले पुष्ठि गर्छ । अघिल्लो चुनाबमा भएजति जनसंख्या समेत सामेल हुन नसक्ने यस चुनाब प्रति को वितृष्णा ,राजनैतिक दलहरु प्रतिको घट्दो बिस्वासको प्रतिफल हो भन्ने  सबैले आकलन गरेको बिसयनै हो। 

About The Blogger

About The Blogger
Badri Khanal is An Agriculture Economist from Nepal
Powered by Blogger.

Popular Posts

Total Pageviews

Flag Counter

Flag Counter

Disclaimer

This Blog does not represent communication for Blogger's Employer and Professional Societies. These are Blogger's personal views, experiences and whenever applicable cited from somewhere ( with citation given).

Feedback

Feedback to this blog can be delivered at badri.khanal1@gmail.com.