Tuesday, June 16, 2015

Link to Karobar National Daily
Link to KrishiOnline
भुकम्प गए पछि, हाम्रो पहिलो नजर मृतक र घाईते मानिसहरुमा गयो, त्यसपछि क्रमशः वासस्थान र खाद्यान्नमा । अहिले हामी वासस्थान र खाद्यान्नको कुरा गर्दै छौ । यसपछिका समयमा रोजगारी र जिविकोपार्जनका अन्य विकल्पहरुमा वहस होला । 

धेरै ठाउमा अझै आवश्यकता अनुरुपको राहत सामाग्रिहरु पुराउन नसकिनुले हाम्रो कमजोर अर्थतन्त्र त देखाउछनै, त्यो भन्दा वढता हाम्रो व्यवस्थापनमा देखिएको कमजोरी । साथसाथै, विश्लेषकहरु ठूलो अर्थतन्त्र भएका मित्रराष्ट्रहरुसंग पनि सम्वन्ध समधुर हुननसकेको र त्यसको फाईदा लिन नसकेको जिकिर गर्दैछन । यि यावत कुराहरुले हामी समस्यामा गुज्रदै छौ र अझै जटिल परिस्थिति सृजना हुदैछ भन्ने कुराको संकेत गर्दै छ । अव के हुन्छ त, कसरी सम्य गर्ने यो वज्रपातलाइरु स्पष्ट छ, एकमात्र विकल्प, कृषि क्षेत्र ।

सरकारी आकडालाईनै मान्ने हो भने करिव १ लाख ३५ हजार मेट्रिक टन खाद्यान्न नष्ट भयो, १७ हजार ठूला पशु (गाईभैसी ), ४० हजार साना पशु (भेडां, वाख्रा,वंगुर ) तथा ५ लाख पन्छि (कुखुरा, हास )हरुको मृत्यु भयो र हजारौ पशुपन्छि घाईते छन । प्रत्यक्ष रुपमा राष्ट्रिय उत्पादनसंग तुलना गर्दा खाद्यान्न करिव १ दशमलव ५ प्रतिशत ,०.१४ प्रतिशत ठूला पशु, ०.३४ प्रतिशत साना पशु तथा १.०२ प्रतिशत पन्छिहरु नष्ट भएको देखिन्छ । तथापि, यसको मल्टिप्लाएर असरको गणना समावेश नहुनु तथा मानिसहरुको जिविकोपार्जनको मुख्य स्रोतनै कृषि भएकोले अंकगणितिय हिसाव भन्दा ठूलो नोक्सानि हुनपुगेको स्पष्ट हुन्छ । 

अति प्रभावित १४ जिल्लाहरु – दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रे, धादिंग, गोर्खा, मकवानपुर, काठमाण्डौं, भक्तपुर, ललितपुर, सिन्धुलि, रामेछाप र ओखलढुंगाको कृषि क्षेत्रको मुल्यांकनगर्दा हाम्रो समग्र अन्नवालीको उत्पादनमा करिव १३ प्रतिशतको हिस्सा यि जिल्लाहरुले ओगटछ । तर, मकै(२४ प्रतिशत), कोदो (३० प्रतिशत) र फापर (२१ प्रतिशत) जस्ता अन्नवालीहरु भने यो क्षेत्रमा उल्लेख्य मात्रामा उत्पादन हुने गरेको छ । यसै गरी आलु, तरकारी, फलफूल, दुध, मासु र अण्डा उत्पादनमा समेत यस क्षेत्रले उल्लेख्य हिस्सा ओगटेको देखिन्छ । 


जसरी विभिन्न वौद्धिक छलफलमा भूकम्प अति प्रभावित क्षेत्रमा कृषिले त्यति महत्व राख्दैन भनेर वहस गरिदैछ, त्यो सत्य होईन । उक्त क्षेत्रको कृषिवाट समग्र कृषि क्षेत्रमा प्रभाव वारे यस पक्तिकारले हिसावगर्दा करिव २० प्रतिशत कृषि क्षेत्रको ग्राहस्थ उत्पादन तथा करिव ७ प्रतिशत राष्ट्रिय ग्राहस्थ उत्पादनमा उक्त जिल्लाहरुको कृषि उत्पादनले हिस्सा ओगटने देखियो ।  यि सुचांकभन्दा महत्व, उक्त क्षेत्रका ७५ प्रतिशतभन्दा वढि घरधुरीको आम्दानिको मुख्य स्रोत कृषि हो भन्ने कुराले राख्छ । तसर्थ, कृषिले मानिसको पेट भर्ने मात्र होईन रोजगारी र आम्दानी पनि दिन्छ भन्ने कुरा वझ्नु जरुरी छ ।

मनोवैज्ञानिक हिसावले पनि कृषि कर्म अहिलेको दुख भुलाउने वाटो हुन सक्छ । किसानहरुले आफ्नो खेतवारीमा फस्टाउदै गरेका वालीनाली तथा हुर्कदै गरेका गोठखोरका पशुवस्तु देखेर मन भुलाउन सक्छन । यसले के प्रष्ट हुन्छ भने कृषि मात्र त्यस्तो मुलमन्त्रहो जस्ले भुकम्पवाट सृजित असहज परिस्थितिमा सहजता ल्याउन सक्छ । तर सजकता आवश्यक छ । अवको कृषि विकास पृथक कार्यशैलिमा वढनु जरुरी छ । पहिलेकै ढर्रामा अघिवढनु सम्भवनै छैन ।

भुकम्पलाई कृषि क्षेत्रको अवसरमा वदल्ने अनेकन उपाएहरु छन । यहा उल्लेख गर्न लागिएका वुदाहरु कुनै नया र आविश्कारिक जुक्तिहरु होईनन, फरक यति मात्र हो, कार्य क्षेत्रको प्राथमिकिकरण गरी केवल तिनै क्षेत्रमामात्र लगानी केन्द्रिकृत गर्ने  साहास गर्नु पर्छ । अर्को महत्वपूर्ण कुरा यो वेला दशौ पृष्ट लामो कृषि सुधारका विषयहरु उठान गर्न समेत उपयुक्त समय होईन । स्मरण रहोस यि उपायहरु वस्तुतः मध्यम देखि लामो अवधिसम्म कार्यन्वयन गर्नुपर्ने विषयहरु छन ।

विशेष कृषि क्षेत्र घोषणा ः भुकम्पले प्रभावित गरेको क्षेत्रमा, स्थानिय निकाय तथा व्यक्तिहरुको सहयोगमा वढिमा ५ कृषि उपजलाई (वाली तथा पशुपन्छि) प्राथमिक क्षेत्र घोषणा गरी सम्पूर्ण लगानी उक्तm उपजहरुको निम्ति हुनु पर्छ । उक्त क्षेत्र भनेको ईलाका तहको हुदा उपयुक्त देखिन्छ, जस्ले गर्दा लगानीकर्तालाई सहजहुने र छोटो समयमा प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । यसको निम्ति सरकारी, गैह्रसरकारी तथा व्यक्तिगत, सम्पूर्ण लगानीमा समायोजनकारी भूमिका स्थानिय सरकार ( जिल्ला तह) मा हुन पर्दछ । यदि कुनै व्यक्तिगत वा संस्थागत लगानि ठूलो क्षेत्रको निम्ति अपूग छ भने , निर्धारित कार्यक्रमको वजेट भित्र जति क्षेत्रलाई समेटन सक्छ, त्यतिमात्र क्षेत्रमा कार्य गर्न दिनुपर्छ ।

आधुनिकिकरणकोे अवशर ः महाविपक्तिलाई अवसरको रुपमा भित्राउन यो समय प्राविधिक विकासमा जोड दिनु महत्वपूर्ण कार्य हो । युवा शक्ति पलायनले अभाव भएको कृषि मजदुरहरुको पृष्ठभूमिमा प्रविधिमा फड्को मार्नु अनिवार्य छ । सरकार वा दातृ निकायहरुवाट प्राप्त हुने रकम आधुनिक कृषिमा लगाउदै केहि अत्यन्त आवश्यक कुराहरु जस्तै उन्नत वीउ, उन्नत पशु प्रजनन, आधुनिक यन्त्रहरुको प्रयोग आदिमा खर्च गर्नु पर्छ । हाम्रो कार्यक्रम हलो किन्ने भन्दा हाते ट्रयाक्टर किन्नेमा हुनुपर्छ, छाप्रा भन्दा आधुनिक गोठ वनाउनेमा हुनु पर्छ, दाना वनाउने औजार, धान रोप्ने,गोडने र काटने यन्त्र, गहु चुट्ने यन्त्र,मकै छोडाउने औजार, आधुनिक मौरि घार, उन्नत च्याउ उत्पादन, प्लास्टिक घरमा तरकारी, भिरालो जमिनमा फलफूल, पशु नश्ल सुधार आदि जस्ता प्रभावकारी प्रविधिमा हुनु पर्छ । लगानिकर्ताहरुवाट आउने रकमलाई यिनै क्षेत्रमा यकत्रित गर्नसकेमात्र तिव्र कृषि विकास सम्भव हुन्छ ।

वजार व्यवस्थापनको अवशर ः हालसम्म अस्थव्यस्थ र हचुवामा चलिरहेको कृषि वजारिकरणमा सुधार अवको प्राथमिकतामा हुनु पर्छ । व्यवस्थित वजार निर्माण, कृषि उपजहरुको उत्कृष्ट भण्डारण, आधुनिक चिस्यानकेन्द्रहरु र प्रशोधनकेन्द्रहरु आदिको व्यवस्था हुनसके कृषि क्षेत्रले छोटै समयमा कोल्टे फेर्ने छ । साना टहरा वनाएर कृषि वजार र संकलन केन्द्रको संज्ञा दिनुभन्दा उत्कृष्ट भण्डारण र विक्रिकेन्द्र सहितको वजार स्थापना गर्नुपर्छ । उपभोग्य वस्तुहरुको उत्पादक देखि उपभोक्ता सम्म पुराउदा लाग्ने चरणहरु आधुनिक साथसाथै फाईदाजनक हुन सकेमात्र किसानहरुमा कृषि प्रति दिगो आर्कषण हुनेछ ।

भू उपयोग सुधारको अवशर ः भुकम्पले सिकाएको एउटा राम्रो पाठ सवै प्रकारका जमिन सवै प्रयोजनलाई हुन सक्दैन भन्ने हो । यसले भू उपयोगमा जमिनको प्रकृति र वनौट हेरी कुन ठाउ केको लागि उपयुक्त हो भन्ने आधारमा सोहि अनुरुपको कार्य गर्न जरुरी छ । मुख्यतयः नदि तथा खोलाहरुले वनाएका मलिलो माटो भएको क्षेत्रहरुमा वस्तिविकास गर्नुभन्दा कृषि कर्म गर्नु उपयुक्त हुने कुरा प्रमाणित भएको छ ।पहिरोले पुरिएको कृषि क्षेत्रहरुमा जमिनको प्रकृतिहेरी कृषिवन विकासको अवधारणा अघि वढाउन सकिन्छ ।

माथिका वुदाहरु राखिरहदा, स्थानिय व्यक्तिहरु र निकायहरुको अनुभव तथा मागहरु ख्याल गर्न अत्यन्तै जरुरी छ । सहज र छोटो सरकारी प्रकृया र ईमान्दारीपूर्ण कार्य शैलीलेमात्र कृषि विकास हुने कुरामा कसैको फरक मत नहोला ।


1 comment:

  1. नेपालको भौगोलिक अवस्था अनुसार राहतको कार्यक्रम जति भयो साधन श्रोत हेर्दा राम्रो हो ठाने मैले। अति दुर्गम भेगमा आर्मी संग हेलिकप्टर पुगेन। अरु त काम नगरी राहतको आश गर्ने प्रवृत्तिबाट ग्रस्त देखियो।

    ReplyDelete

About The Blogger

About The Blogger
Badri Khanal is An Agriculture Economist from Nepal
Powered by Blogger.

Popular Posts

Total Pageviews

Flag Counter

Flag Counter

Disclaimer

This Blog does not represent communication for Blogger's Employer and Professional Societies. These are Blogger's personal views, experiences and whenever applicable cited from somewhere ( with citation given).

Feedback

Feedback to this blog can be delivered at badri.khanal1@gmail.com.