Thursday, April 25, 2013

( My Article Publsihed in Agweekly 2070-1-12 )

किन सफल भएन एपिपि ?
नेपालको कृषि क्षेत्रमा रहेका सम्पूर्ण नीतिहरूमा दीर्घकालीन कृषि नीति (एपिपि) लाई सर्बोत्क्रिस्ट मानिन्छ | अत्यन्त दुरदृस्टी मानिएको नीतिको हाल १८ वर्ष पछिको उपलब्धिको समीक्षा गर्ने हो भने सोचे भन्दा निकै कममात्र सफलता हासिल गरेको महसुस हुन्छ |आखिर दिर्घकालिन कृषि नीति किन सफल हुन सकेनत ? यस बिषयमा गम्भीर छलफल हुनु आवस्यकता हुन गएको छ | यो छलफल किन पनि महत्वपूर्ण छ भने, नेपाल सरकारले अबको करिब दुई वर्ष पछि अन्त हुने त्यसै नीतिको विकल्पमा कृषि बिकस रणनीति ( एडिएस ) समेत तयारी गरिरहेको छ |

दिर्घकालिन नीतिको आधारपत्रमा उल्लेख सामाजिक तथा राजनैतिक धरातल र नीति कार्यान्यन अवदीको  वास्तविकपरिवेशमा निकै अन्तर हुन गयो | दिर्घकालिन कृषि नीति निर्माण गर्दा देशको शान्ति सुरक्षाको बिसयमा केहि पनि सोच राखिएन | तर, नीति लागु हुदा नहुदै चर्किएको युद्धका कारण कतिपय ठाउमा राज्यको उपस्थिति नै भएन भने, कतिपय ठाउमा लगिएका कार्यक्रमहरु समेत सफलतापुवक संचालन हुन सकेनन | दिर्घकालिन नीति लाई दस बर्षे लामो युद्धले निकैनै असर पुगेको महसुस हुन्छ, परिणामस्वरुप, दिर्घकालिन नीतिको सफलतामा निकै नकारात्मक असर पुग्न गएको छ |

एपिपि आफैमा आकर्षक भए पनि राखिएका लक्ष्य बस्तुगत नभएको र आकर्षक बनाउने सोचमा वास्तबिकता भन्दा ज्यादै माथि कल्पना गरिएको महसुस हुन्छ | कृषि ऋण को रुपमा रु १०९.४ खर्ब रकम खर्च गर्ने भनि राखिएको लक्ष्यले यसकुराको पुस्टि गर्छ | कृषि बिकस बैंकको ऋण कृषि क्षेत्रमा बढाउदै लैजाने भनेर सोच राखिए पनि कृषि विकास बैंकले  क्रमसः कृषि ऋणको अनुपात घटाउदै लगेको छ |तसर्थ, सोचे अनुरुप लगानी नहुदा नीतिले परिकल्पना गरेका कतिपय महत्वकान्क्षि उपलब्धिहरू समेत प्राप्त हुन सकेनन |

लगानीको प्राथमिकता एक क्षेत्रमा गरिनु अनि त्यस्को प्रतिफल अर्को क्षेत्र बाट अपेक्षा राखिनु आफैमा बिरोधास्पूर्ण परिकल्पनाको रुपमा समेत दिर्घकालिन कृषि नीतिलाई लिन सकिन्छ| नीतिमा ब्यबस्था गरिए अनुरुपका मल , बिउ तथा सिचाई जस्ता क्षेत्र मा गरिने लगानीको प्रत्यक्ष असर  बाली उत्पादनमा देखिन्छ| तर उत्पादन को क्षेत्र मा राखिएका लक्ष्यमा प्रमुख खाद्यान्न वाली कहिँ पनि उल्लेख भएको पाहिन्न| यसै गरि पशुजन्य उत्पादन क्षेत्रहरुमा लक्ष्य निर्धारण गरिएपनि उल्लेखरुपमा कुनै पनि लगानी को ब्याख्या गरिएको पाहिन्न | फलस्वरुप कृषि गार्हस्थ उत्पादनमा पशुजन्य उत्पादन को हिस्सा ३१ प्रतिसत बाट ४५ प्रतिसतमा पुर्याउने लक्ष्य राखिएकोमा हाल आएर २५ प्रतिसतमा झर्न पुगेको छ |

दिर्घकालिन कृषि नीति असफल हुनुको प्रमुख कारण मध्ये एक कारण प्राथमिकताको क्षेत्रमा सरकार, व्यक्तिगत एवम दात्रि निकायहरूको लगानी नहुनु समेत रहेको छ |उदारहण स्वरूप,नीतिले कृषि व्यवसाय प्रबर्द्धन तर्फ स्याउ , सुन्तला जातका फलफूल, रेशम खेति एवम मौरी पालनमा बिशेस जोड दिएको पाहिन्छ| तर, यसै अवदीको  लगानीको मात्राहेर्ने हो भने यीनिहरू भन्दा भिन्न क्षेत्रहरुमाबढीलगानी भएको पाइयो| जसलेगर्दा अन्य क्षेत्र हरू जस्तै चिया, कफी तथा पुस्प व्यवसाय ज्यादा फस्टाएर गएको छ| यसरी, लक्ष्य र लगानीको तालमेलका कारण समेत कतिपय व्यवसाय अनुत्पादक रहेको प्रस्ट हुन जान्छ|

दिर्घकालिन कृषि नीतिको एक बाधक कारणहरू मध्ये नीतिगत दोहोरो बुझाई समेत रहेको छ l कृषि सडक र ग्रामिण सडक भिन्न कुरा हुन भन्ने नबुझ्दा धमाधम ग्रामिण सडक हरू निर्माण भए, तर कृषि सडकलाई बेवास्ता गरेको भान हुन्छ | बस्ती बस्तीमा बाटोहरु खोल्ने कार्य सुरु भए, तर कृषि उत्पादन पकेटहरुलाई बेवास्ता गरियो | एकातर्फ, सोचिएजस्तो सडक निर्माणकार्य हुन नसक्नु अर्को तर्फ कृषि सडक को परिकल्पनालाई तोडमोड गरेर बुझ्नु जस्ता कारणहरू समेत नीतिलाई असफल बनाउन भूमिका खेलेको पाहिन्छ|

जिम्मेवारीवहन तथा समन्वय र सहकार्यको समस्याको कारण समेत दीर्घकालीन कृषि नीतिको सफलतामा बाधा पुग्न गएको छ | नीतिको कार्यान्यन गर्ने निकायको रुपमा राष्ट्रिय योजना आयोगलाई तोकिए पनि यस कार्य कृषि बिकाश मन्त्रालयको मात्र दायित्व हो झैँ गरि, सम्बन्धित पक्षले लिदिनाले समेत समस्या थपिएको महसुस हुन्छ| वास्तवमा, यो सम्पूर्ण निकायको साझा लक्ष्य हो, यो नेपाल रास्ट्रको लक्ष्यहो र यो हामी सबैको लागि हो भन्ने धारणा बिकास हुन नसक्दा सोचेजस्तो सफलता हासिल हुन नसेकेको पाहिन्छ |

तसर्थ, कृषि बिकस रणनीति निर्माण र कार्यान्यन गर्दा दिर्घकालिन कृषि नीति बाट सिकेका सिकाई हरुसमेत ध्यान दिनु आवस्यकता हुन्छ| पहिले गरिएका गल्तिहरु नदोहोरिउन र नया परिबेसमा नया स्वरुपको नीति बिकास गरौ भन्ने अभिप्रायले कार्य गर्दा दिर्घकालिन नीतिका अनेकन उपलब्धि, चुनौती तथा अफट्याराहरू मार्ग दर्शक हुन गएका छन् |




Related Posts:

  • Relevance of Green Revolution in Present Scenario                                                      My Article Published in… Read More
  • Chronic Food Insecurity Map of Nepal First of all, Nepal  divided into 15 sub ecological belts, each three ( mountain, hill and terai ) for  five development regions for the analysis. Then, 24 different indicators which are believed to have direct ef… Read More
  • HDI of Nepal, 2007 1.Human development index=HDI value =0.553, Rank in world=145 2.Human poverty index=HPI value=32.1, rank in world=99 3.Gender related development index=GDI as % HDI=98.4%, rank in world=112 4.Gender empower… Read More
  • Key Indicators Related to Agricultural Sector in Nepal New long term plan in agriculture sector of Nepal,  Agricultural Development Strategy (ADS ) is under formulation process. Before it comes to a full shape , it has tried to analyse the agriculture sector of Nepal in d… Read More
  • Trend of Agricultural production in Nepal Does this indicate Improvement in Agriculture Production in Nepal ? yes, off course. But to the surprise of all, fruit's indicator is leader followed by vegetables. Before one and half decade, around 80 percent of our vege… Read More

0 comments:

Post a Comment

About The Blogger

About The Blogger
Badri Khanal is An Agriculture Economist from Nepal
Powered by Blogger.

Popular Posts

Total Pageviews

47479

Flag Counter

Flag Counter

Disclaimer

This Blog does not represent communication for Blogger's Employer and Professional Societies. These are Blogger's personal views, experiences and whenever applicable cited from somewhere ( with citation given).

Feedback

Feedback to this blog can be delivered at badri.khanal1@gmail.com.