Tuesday, June 23, 2015

म स्कूटर, मोटरसाईकल र मोटर तिनै चलाउछु । विशेषत नेपालमा मोटरहरु महंगा हुने तथा पर्किग र ट्राफिकका कारण समेत स्कूटर र मोटरसाईकल ज्यादा रुचाईन्छ । सहजताको हिसावमा मोटरभन्दा मोटरसाईकल र स्कूटरनै सहज भएपनि, मेरो अनुभवमा यि मध्येमा मोटर सवभन्दा सुरक्षित हो भने स्कूटर सवैभन्दा असुरक्षित ।

हिजो आज व्यक्तिगत सवारी साधनहरुमा नेपालमा पहिले भन्दा स्कूटरको अनुपात ज्यादै वढेको छ । यसो हुनुको पहिलो कारण सामाजिक हो जस्तो लाग्छ । विशेषत स्कूटर महिलाहरुले चलाउने र महिला समानता र शशक्तिकरणका कुराहरु घरभित्र र समाजमा पनि पहिलेको तुलनामा सुधार भएको कारण  महिलाहरुलाई सुविधा वढ्न गएको देखिन्छ । महिलाहरुमात्र नभई पुरुषहरुपनि स्कूटर प्रति आकर्षित छन्, किनकि स्कूटर मोटर साईकलको तुलनामा चलाउन सजिलो, सामान वोक्न सहज,सवै प्रकारका पोशाकमा समेत चलाउन मिल्न र  होचो छ ।  सुरक्षाको दृष्टिकोणमा भने मोटरसाईकल भन्दा पनि स्कूटर असुरक्षित छ । यसमा मेरो केहि अनुभवहरु छन, भलै ति वैज्ञानिक रुपमा कति सम्म प्रमाणित हुन मलाई थाहा छैन ।
१. स्कूटरमा खुट्टामा व्रेक हुदैन । दुर्घटना हुनुको प्रमुख कारणनै यहि हो जस्तो लाग्छ । जव मानिस कुनै असहज परिस्थिति महशुश गर्छ वा अतालिन्छ , रिफ्लेक्स एक्सन  (Reflex Action) को कारण शरिर अरोरो जस्तो हुन्छ । यसवाट एक प्रकारको शक्ति निस्कन्छ , जस्ले गर्दा खुट्टामा स्वतह शक्ति प्रभाह हुन्छ । यसकारण मोटरसाइकल चालकले थाहानभैकनै व्रेक दव्न पुग्छ र मोटर साईकल रोकिन्छ । यो सुविधा आधुनिक स्कूटरहरुमा छैन् । यस्को उल्टो रिफ्लेक्स एक्सनको कारण हातमा वल पर्नेहुदा एक्सलेटर आफु तिर जोडले घुम्छ र स्कूटर झन जोडले अगाडी हुक्तिन्छ । हातमा हुने यो प्रकृया मोटर साईकलमा पनि उस्तै हो तथापि खुट्टाको वे्रकको कारण यसको असर मोटरसाईकलमा हुदैन ।
२. स्कूटरमा क्लच (Clutch) हुदैन । क्लचको काम ईन्जिन र फ्युलको कनेक्सन छुटाउनु हो, जसकारण स्कूटरमा त्यो सुविधा रहन्न ।
३. स्कूटरको चक्का सानो हुदा, हाम्रो जस्तो खाल्डाखुल्डि भएको सडकमा अनियन्त्रित हुन्छ । पहिलो कारण जमिन संगको क्लिएरेन्स (Clearance) कम हुदा स्कूटरको वडि (Body)ले जमिन छोई अनियन्त्रित हुन्छ भने दोस्रो चक्काको सरकमफरेन्स (Circumference) सानो हुदा खाल्डामा पर्नासाथ होल्ड (Hold) भई लड्ने सम्भावना वढि हुन्छ ।
४. स्कूटर मोटरसाईकलको दाजोमा चिप्लने र लड्ने वढि हुन्छ । यो पनि सानो चक्का र वे्रककै कारण हो जस्तो लाग्छ । स्कुटमा एउटै व्रेकले कम्वाईन्ड ब्रेकिक सिस्टम (Combined Braking System)को आधारमा अगाडि र पछाडिको चक्का रोक्ने हो । कतिपय देशहरु जस्तै अमेरिकामा फ्रन्ट र रेयर व्रेक छुट्टै हुनै पर्ने कानुनि प्रावधाननै छ । यस्को कारण भनेको स्कूटरमा सेन्टर अफ ग्राभिटि (Centre of Gravity) वढि हुनु र पावर टु वेट रेशियो (Power to Weight Ratio)वढि हुदा एउटै वे्रकवाट स्कूटर रोक्न आवश्यक शक्ति अपुग हुन सक्छ भन्ने हो । मोमेन्टम थ्यौरी (Momentum Theory) र न्युटनको गति सम्वन्धि नियमलाई मान्ने हो भने आवश्यक शक्ति नपुगेमा वल प्रयोग गरिसक्दा पनि स्कूटर चालमै रहन प्रयत्न गर्छ । यहि कारण स्कूटर हुत्तिन्छ ।

५. स्कूटरमा गेर (Gear) हुदैन, तसर्थ मोटरसाईकलमा जस्तो ईन्जिनमा प्रेसर कन्ट्रोल हुन सक्दैन, यसकारण पनि स्कूटर चलाउदा व्यालेन्स विग्रने र वढता हुत्तिन हुन्छ ।



























के गर्न सकिन्छ ?
१. फ्रन्ट र रेयर व्रेक छुट्टै भएका स्कूटर मात्र चलाउन दिने, जस्मा क्लच समेत हुन्छ ।

२. एक्सलेटर रोटेसन सिस्टमलाई अहिलेको भन्दा ठिक उल्टा गर्ने जस्ले गर्दा मानिस अतालिदा जव एक्सलेटर आफुतिर तानिन्छ, त्यो वेला गति कम भई स्कूटर वा मोटरसाईकल रोकियोस ।

Tuesday, June 16, 2015

Link to Karobar National Daily
Link to KrishiOnline
भुकम्प गए पछि, हाम्रो पहिलो नजर मृतक र घाईते मानिसहरुमा गयो, त्यसपछि क्रमशः वासस्थान र खाद्यान्नमा । अहिले हामी वासस्थान र खाद्यान्नको कुरा गर्दै छौ । यसपछिका समयमा रोजगारी र जिविकोपार्जनका अन्य विकल्पहरुमा वहस होला । 

धेरै ठाउमा अझै आवश्यकता अनुरुपको राहत सामाग्रिहरु पुराउन नसकिनुले हाम्रो कमजोर अर्थतन्त्र त देखाउछनै, त्यो भन्दा वढता हाम्रो व्यवस्थापनमा देखिएको कमजोरी । साथसाथै, विश्लेषकहरु ठूलो अर्थतन्त्र भएका मित्रराष्ट्रहरुसंग पनि सम्वन्ध समधुर हुननसकेको र त्यसको फाईदा लिन नसकेको जिकिर गर्दैछन । यि यावत कुराहरुले हामी समस्यामा गुज्रदै छौ र अझै जटिल परिस्थिति सृजना हुदैछ भन्ने कुराको संकेत गर्दै छ । अव के हुन्छ त, कसरी सम्य गर्ने यो वज्रपातलाइरु स्पष्ट छ, एकमात्र विकल्प, कृषि क्षेत्र ।

सरकारी आकडालाईनै मान्ने हो भने करिव १ लाख ३५ हजार मेट्रिक टन खाद्यान्न नष्ट भयो, १७ हजार ठूला पशु (गाईभैसी ), ४० हजार साना पशु (भेडां, वाख्रा,वंगुर ) तथा ५ लाख पन्छि (कुखुरा, हास )हरुको मृत्यु भयो र हजारौ पशुपन्छि घाईते छन । प्रत्यक्ष रुपमा राष्ट्रिय उत्पादनसंग तुलना गर्दा खाद्यान्न करिव १ दशमलव ५ प्रतिशत ,०.१४ प्रतिशत ठूला पशु, ०.३४ प्रतिशत साना पशु तथा १.०२ प्रतिशत पन्छिहरु नष्ट भएको देखिन्छ । तथापि, यसको मल्टिप्लाएर असरको गणना समावेश नहुनु तथा मानिसहरुको जिविकोपार्जनको मुख्य स्रोतनै कृषि भएकोले अंकगणितिय हिसाव भन्दा ठूलो नोक्सानि हुनपुगेको स्पष्ट हुन्छ । 

अति प्रभावित १४ जिल्लाहरु – दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काभ्रे, धादिंग, गोर्खा, मकवानपुर, काठमाण्डौं, भक्तपुर, ललितपुर, सिन्धुलि, रामेछाप र ओखलढुंगाको कृषि क्षेत्रको मुल्यांकनगर्दा हाम्रो समग्र अन्नवालीको उत्पादनमा करिव १३ प्रतिशतको हिस्सा यि जिल्लाहरुले ओगटछ । तर, मकै(२४ प्रतिशत), कोदो (३० प्रतिशत) र फापर (२१ प्रतिशत) जस्ता अन्नवालीहरु भने यो क्षेत्रमा उल्लेख्य मात्रामा उत्पादन हुने गरेको छ । यसै गरी आलु, तरकारी, फलफूल, दुध, मासु र अण्डा उत्पादनमा समेत यस क्षेत्रले उल्लेख्य हिस्सा ओगटेको देखिन्छ । 


जसरी विभिन्न वौद्धिक छलफलमा भूकम्प अति प्रभावित क्षेत्रमा कृषिले त्यति महत्व राख्दैन भनेर वहस गरिदैछ, त्यो सत्य होईन । उक्त क्षेत्रको कृषिवाट समग्र कृषि क्षेत्रमा प्रभाव वारे यस पक्तिकारले हिसावगर्दा करिव २० प्रतिशत कृषि क्षेत्रको ग्राहस्थ उत्पादन तथा करिव ७ प्रतिशत राष्ट्रिय ग्राहस्थ उत्पादनमा उक्त जिल्लाहरुको कृषि उत्पादनले हिस्सा ओगटने देखियो ।  यि सुचांकभन्दा महत्व, उक्त क्षेत्रका ७५ प्रतिशतभन्दा वढि घरधुरीको आम्दानिको मुख्य स्रोत कृषि हो भन्ने कुराले राख्छ । तसर्थ, कृषिले मानिसको पेट भर्ने मात्र होईन रोजगारी र आम्दानी पनि दिन्छ भन्ने कुरा वझ्नु जरुरी छ ।

मनोवैज्ञानिक हिसावले पनि कृषि कर्म अहिलेको दुख भुलाउने वाटो हुन सक्छ । किसानहरुले आफ्नो खेतवारीमा फस्टाउदै गरेका वालीनाली तथा हुर्कदै गरेका गोठखोरका पशुवस्तु देखेर मन भुलाउन सक्छन । यसले के प्रष्ट हुन्छ भने कृषि मात्र त्यस्तो मुलमन्त्रहो जस्ले भुकम्पवाट सृजित असहज परिस्थितिमा सहजता ल्याउन सक्छ । तर सजकता आवश्यक छ । अवको कृषि विकास पृथक कार्यशैलिमा वढनु जरुरी छ । पहिलेकै ढर्रामा अघिवढनु सम्भवनै छैन ।

भुकम्पलाई कृषि क्षेत्रको अवसरमा वदल्ने अनेकन उपाएहरु छन । यहा उल्लेख गर्न लागिएका वुदाहरु कुनै नया र आविश्कारिक जुक्तिहरु होईनन, फरक यति मात्र हो, कार्य क्षेत्रको प्राथमिकिकरण गरी केवल तिनै क्षेत्रमामात्र लगानी केन्द्रिकृत गर्ने  साहास गर्नु पर्छ । अर्को महत्वपूर्ण कुरा यो वेला दशौ पृष्ट लामो कृषि सुधारका विषयहरु उठान गर्न समेत उपयुक्त समय होईन । स्मरण रहोस यि उपायहरु वस्तुतः मध्यम देखि लामो अवधिसम्म कार्यन्वयन गर्नुपर्ने विषयहरु छन ।

विशेष कृषि क्षेत्र घोषणा ः भुकम्पले प्रभावित गरेको क्षेत्रमा, स्थानिय निकाय तथा व्यक्तिहरुको सहयोगमा वढिमा ५ कृषि उपजलाई (वाली तथा पशुपन्छि) प्राथमिक क्षेत्र घोषणा गरी सम्पूर्ण लगानी उक्तm उपजहरुको निम्ति हुनु पर्छ । उक्त क्षेत्र भनेको ईलाका तहको हुदा उपयुक्त देखिन्छ, जस्ले गर्दा लगानीकर्तालाई सहजहुने र छोटो समयमा प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ । यसको निम्ति सरकारी, गैह्रसरकारी तथा व्यक्तिगत, सम्पूर्ण लगानीमा समायोजनकारी भूमिका स्थानिय सरकार ( जिल्ला तह) मा हुन पर्दछ । यदि कुनै व्यक्तिगत वा संस्थागत लगानि ठूलो क्षेत्रको निम्ति अपूग छ भने , निर्धारित कार्यक्रमको वजेट भित्र जति क्षेत्रलाई समेटन सक्छ, त्यतिमात्र क्षेत्रमा कार्य गर्न दिनुपर्छ ।

आधुनिकिकरणकोे अवशर ः महाविपक्तिलाई अवसरको रुपमा भित्राउन यो समय प्राविधिक विकासमा जोड दिनु महत्वपूर्ण कार्य हो । युवा शक्ति पलायनले अभाव भएको कृषि मजदुरहरुको पृष्ठभूमिमा प्रविधिमा फड्को मार्नु अनिवार्य छ । सरकार वा दातृ निकायहरुवाट प्राप्त हुने रकम आधुनिक कृषिमा लगाउदै केहि अत्यन्त आवश्यक कुराहरु जस्तै उन्नत वीउ, उन्नत पशु प्रजनन, आधुनिक यन्त्रहरुको प्रयोग आदिमा खर्च गर्नु पर्छ । हाम्रो कार्यक्रम हलो किन्ने भन्दा हाते ट्रयाक्टर किन्नेमा हुनुपर्छ, छाप्रा भन्दा आधुनिक गोठ वनाउनेमा हुनु पर्छ, दाना वनाउने औजार, धान रोप्ने,गोडने र काटने यन्त्र, गहु चुट्ने यन्त्र,मकै छोडाउने औजार, आधुनिक मौरि घार, उन्नत च्याउ उत्पादन, प्लास्टिक घरमा तरकारी, भिरालो जमिनमा फलफूल, पशु नश्ल सुधार आदि जस्ता प्रभावकारी प्रविधिमा हुनु पर्छ । लगानिकर्ताहरुवाट आउने रकमलाई यिनै क्षेत्रमा यकत्रित गर्नसकेमात्र तिव्र कृषि विकास सम्भव हुन्छ ।

वजार व्यवस्थापनको अवशर ः हालसम्म अस्थव्यस्थ र हचुवामा चलिरहेको कृषि वजारिकरणमा सुधार अवको प्राथमिकतामा हुनु पर्छ । व्यवस्थित वजार निर्माण, कृषि उपजहरुको उत्कृष्ट भण्डारण, आधुनिक चिस्यानकेन्द्रहरु र प्रशोधनकेन्द्रहरु आदिको व्यवस्था हुनसके कृषि क्षेत्रले छोटै समयमा कोल्टे फेर्ने छ । साना टहरा वनाएर कृषि वजार र संकलन केन्द्रको संज्ञा दिनुभन्दा उत्कृष्ट भण्डारण र विक्रिकेन्द्र सहितको वजार स्थापना गर्नुपर्छ । उपभोग्य वस्तुहरुको उत्पादक देखि उपभोक्ता सम्म पुराउदा लाग्ने चरणहरु आधुनिक साथसाथै फाईदाजनक हुन सकेमात्र किसानहरुमा कृषि प्रति दिगो आर्कषण हुनेछ ।

भू उपयोग सुधारको अवशर ः भुकम्पले सिकाएको एउटा राम्रो पाठ सवै प्रकारका जमिन सवै प्रयोजनलाई हुन सक्दैन भन्ने हो । यसले भू उपयोगमा जमिनको प्रकृति र वनौट हेरी कुन ठाउ केको लागि उपयुक्त हो भन्ने आधारमा सोहि अनुरुपको कार्य गर्न जरुरी छ । मुख्यतयः नदि तथा खोलाहरुले वनाएका मलिलो माटो भएको क्षेत्रहरुमा वस्तिविकास गर्नुभन्दा कृषि कर्म गर्नु उपयुक्त हुने कुरा प्रमाणित भएको छ ।पहिरोले पुरिएको कृषि क्षेत्रहरुमा जमिनको प्रकृतिहेरी कृषिवन विकासको अवधारणा अघि वढाउन सकिन्छ ।

माथिका वुदाहरु राखिरहदा, स्थानिय व्यक्तिहरु र निकायहरुको अनुभव तथा मागहरु ख्याल गर्न अत्यन्तै जरुरी छ । सहज र छोटो सरकारी प्रकृया र ईमान्दारीपूर्ण कार्य शैलीलेमात्र कृषि विकास हुने कुरामा कसैको फरक मत नहोला ।


Friday, June 5, 2015









Friday, May 29, 2015

Map of the 14 Districts most affected by 7.8 Magnitude earthquake in 25 April ,2015 ( Gorkha Epicenter) and it's aftershocks (including 12 May of 7.3 Magnitude).

Wednesday, February 4, 2015

Agriculture Scientist and development worker (even some peasant leader)  are making loud voices for soil health, some by natural and some after political agenda put forth by Indian Primeminister Narendra Modi during his visit in Nepal. Before that, I believe, knowing soil type has meaningful importance. Soil classification of Nepal by FAO and UNESCO ,1974, thus may have value to anyone planning for agricultural development (production planning) in Nepal. I happen to find it in an atlas at Book Fair at Kathmandu . As most of the maps were not important to me, I snapped these pictures taking permission from the seller. I hope it would be useful and important to interested.

" KNOW YOUR SOIL, BEFORE YOU PLANT"






Monday, January 12, 2015



Sunday, January 11, 2015

Policy and plans are foundation of development. No stones should be upturned while developing and implementing those. Nevertheless, these are outcome of very few consultations and are garden variety of like minded bunches of people.  This has created many flaws in our policy and credibility of policy making process has severely questioned. Agriculture also is not an exception.

We are receptive. Yes, we should, to gain a level which we are dreaming since many years. Does it means we should be yes man, Off-course not. I mean to say yes man because we are early adopter of everything, we become member of multinational organisation very hastily, we sign on petition even without knowing the meaning and we commit to institutionalize new global and national policies without any preparatory works. This has generated many hindrances in progress. This has taken our arduous effort just to sustain what we have rather than improve on ground reality.

Why like minded are dominating our policy process. This is result of fear among the policy makers. Somebody if is iconoclastic will not be given chance to discuss, work and formulate new policies.  If people of same background, same ideology and similar type of working nature sit together for invention, there would be easy, faster but useless and uncritical output. This is exactly, what is happening in policy formulation.

Unless, we can't respect and welcome those who raise questions, we can't progress. This has to be understood clearly. This is first step toward development in any sector, including agriculture.

Tuesday, October 14, 2014

Nepal is among the countries which gets very low external support from donor agencies and foreign governments. However,it worth's higher  to Nepal, due to it's small economy. At the same time agriculture get's very high percentage of assistance from external sources, however the performance of  projects in agriculture sectors are not as effective as of other sectors. This may lead to diversion of external fund from agriculture sector and this has to take seriously before it departs.

In past 14 years (2000-2014) total commitments to Nepal government for external assistance was 3309858.47 Thousand USD of which 84.3 percent (2789266.15 Thousand USD) was disbursed. Agriculture sector got commitment of 506,048.36 thousand USD  which accounts 15.3 percent of total commitment. However,  the disbursement in agriculture sector was only 46 % ( 231,737.73 thousand USD ) of commitment and accounts only 8.3 Percent of total disbursement. About 9 percentage of total projects (i.e 73 out of 817) are in agriculture sector during the same period from 30 different organizations. The average size of project remained 2,792.02 thousand USD in agriculture whereas it was 3126.98 thousand USD for all the implemented projects.

I am not in position to explain why funds are underutilized, however, it is sure that if the same remains in future, donors will loose the confidence and the investment in agriculture will decrease remarkably. Some improvements or modifications may be needed immediately like revisiting external fund utilization methods, service delivery mechanism and/or changes in functional structure. 

The top 10 higher invested projects in agriculture are as follows. The monetary value of assistance shown is in Thousand USD ( Source: MoF, 2014 ).

1. Community Livestock Development Program (CLDP) (20,331 USD)
2. Project for Agriculture Commercialization and Trade (PACT) (16,258 USD)
3. Irrigation and Water Resources Management Project (IWRMP) (15,884.79 USD)
4. Social Safety Nets Project (Nepal Food Crisis Programme) (15,387.16 USD)
5. Commercial Agriculture Development Project (CADP) (14,888 USD)
6. Avian Influenza Control Project (Animal Health Component) (8,842.02 USD)
7. Community-Managed Irrigated Agriculture (Sector) Project CMIASP (8,265.62 USD)
8. WFP Commodity values for Nepal (GIK) (8,230 USD)
9. Nepal Economic, Agriculture and Trade Program (NEAT) (7,442.21 USD)
10. Heifer Project International/Nepal Program, Phase IV (7,076 USD)

Top 10 Organizations in-terms of total investment in agriculture are:
1. Asian Development Bank (57,906.36 USD)
2. International Development Association(56,372.03 USD) (World Bank Fund)
3. U.S. Agency for International Development(19,772.09 USD)
4. European Union (13,782.16 USD)
5. Swiss Agency for Development and Cooperation(11,824.77 USD)
6. Japan International Cooperation Agency(8,674.13 USD)
7. Save the Children (8,559 USD)
8. Heifer International Nepal (7,076 USD)
9. Norway (6,904.55 USD)
10. Deutsche Gesellschaft für Internationale Zusammenarbeit (6,664.24 USD)

Sunday, October 5, 2014

The most awaited report of Government of Nepal, Ministry of Agricultural Development (MoAD), Agricultural Development Strategy ( ADS) is finally published by MoAD. This is yet to be endorsed by Cabinet of Nepal. It is prime document as it  guides agriculture sector for next 20 years in Nepal. The full report is available at following link.
The Visions, Indicators and Target set in Agriculture Sector for next 20 years is summarized in tabular form as of following.

Monday, September 15, 2014

ठेकदारहरुको हातमा
(November,2013)
आज सम्म नजागेको मेरो राम किन आज वौलाएछ ? म सच्चा नागरिक हुनुको अर्थ खोज्दै छु । श्वेत पत्रहरु जारी हुदैछन रे प्रधानमन्त्रिको ठेक्का वाढन । अनि लाम लागेका लोकतन्त्रका मलामिहरुले देशलाई आर्यघाट पुराउने नै भए भन्ने कत्रो चिन्ता लागेको मलाई । सपनाहरु तरङ्गित हुदैछन् देशको तरङ्ग सगै, मभित्रको राष्ट्रप्रेम व्यूतिय झै लाग्छ तर के अर्थ त्यो खहरे खोलाको । आखा खोल्ने वेलामा मस्त निद्रमा रहेछु , अव उठनु ढोगिंको ढोगं भन्दा वढि केहि हुन सक्दैन । निवार्चनमा गरिएका हाम्रा नेताहरुको शव्दवाणीहरु अझै याद छ मलाई , अनि तिनै आश्वाशनहरुमा वहकिएर अग्लो झण्डा उठाए । कतै मञ्च पाए भने, नभएपनि चौतारीमा, मानिसका जमघटका वीचमा आदर्शमानिएका हाम्रा नेता सञ्जन प्रसादको कति गुणगान गाए मैले । सवैभन्दा ग्लानी त मैले नेताका पछि लगाउन सोझा जनताहरु संग वाडेको सपनाहरुले पो लाग्छ । धरोधर्म मैले जानिजानि गरेको हैन, मलाई पनि के थाहा यति सम्मका फटाहा निक्लदा रहेछन हाम्रा नेता सञ्जन प्रसाद । म संग एउटै गुनासो छ सम्पूर्ण गाँउवासीहरुको , किन छक्काईस हामीहरुलाई ? जस्को जवाफ मसंग छैन ।
सुरुमा सञ्जन प्रसादले जितेपछि निकै खुषि लाग्यो, लाग्थ्यो आफैले जितिएछ झै । वरु सञ्जन प्रसादलाई कम वधाई आए होलान, मेरो पुरानो नोकिया मोवाईलले नधान्ने गरि वधाई आए, आफै व्याट्री सिध्यिएछ अनि वन्द भयो । त्यो क्षण मलाई मेरो यो मोवाईल वन्द हुने अन्तिम दिन हो झै लाग्यो । हो, अव सञ्जन आए ,कहिल्यै वत्ति जादैन, यस्तै सोच्दै थिए म ।कतिलेत मलाई भेटेरनै वधाई दिए । म पनि यति उत्साहित भएको रहेछु ,कतारमा रहेको मेरो छोरालाई फोन गर्न थोत्रो साईकलमा चढेर पाच किलोमिटर टाढाको चोकमा पुगे । ईन्टरनेट वाट फोन गरे, छोरा निद्रमानै रहेछ, सायद खाडिमा निकै मिहिनेत गर्छ होला ,स्वर मधुर थियो । मैले उत्साहित हुदै सञ्जन प्रसादले जितेको खवर सुनाए । छोराले उत्साहित वन्दै भन्यो, वा के अव हामीले नेपालमानै रोजगारी पाउछौ होला ?अवश्य छोरा, अव द्धन्द पनि अन्त्य भयो, चुनाव पनि सम्पन्न भयो, सञ्जन प्रसाद जस्ता राष्ट्र प्रेमिले पनि चुनाव जिते, अवश्य पाईन्छ । मेरो जवाफ खै चित्त वुझ्यो या वुझेन त्यस पछि उसले पारिवारिक कुरामात्र गर्न रुचायो ।
 चुनाव सम्पन्न भएको केहि दिन भएको थियो, सञ्जन प्रसादले सफत ग्रहण गरे , मन्त्रिमण्डलमा पनि नाम सुनियो । सञ्जन प्रसादले उत्कृष्ट काम गर्छन भन्नेमा म लगायत सवै गाँउले विश्वस्त थियौ । वेलायतमा अध्ययन गरेका,ग्रामिण विकासमा विद्यावारिदी गरेका उनि जस्ता योग्य व्यत्ति पाउनुनै हाम्रो अहोभाग्य हो जस्तो लागेको थियो । त्यसको एक हप्ता जस्तोमा सञ्जन प्रसाद सदरमुकाम आएको कुरा सुने । हत्तपत्त चार्ज गर्दै गरेको मोवाईल थुतेर फोन लगाए । उतावाट ठुलो आवाज भएको पुरुषले फोन उठाएर सोध्यो, भन्नुस के काम छ? मन्त्रिज्यू छलफलमा हुनुहुन्छ ।मैले परिचय दिएर मन्त्रिज्यूलाई सम्झाउन भने । उसले “हवस पछि सम्झाउछु” भन्दै फोन राख्यो । वेलुकि भैसकेको थियो अझै पनि सञ्जनप्रसादले फोन गरेनन । सायद उत्त पुरुषले मेरो जानकारी दिएन की? तर जानकारी नदिए पनि मलाई सम्झनुपर्ने होईन? यस्तै कुरा खेल्दैथियो मनमा । तर मन्त्रि भैसेको मानिसको व्यस्ततालाई आफै बुझनु पर्छ भन्दै चित्त वुझाए । भोलिपल्ट चोकको साँहुलाई भेटदा पो थाहा भयो,हिजो मन्त्रि भएको उपलक्षमा ठूलो भोज आयोजना गरिएको रहेछ ।ति साँहुलाई पनि वोलाईएको रहेछ ।लाग्यो, सायद मलाई निम्तो पठाएको व्यत्तिलेनै भनेन होला,नत्र अवश्य मलाई वोलाएका होलान । सञ्जन प्रसादको चुनाव जित्ने वित्तिकैको वाणी मलाई त्यतिवेला याद आयो । “हर्के दमाई तिमि नभएको भए मैले कदापि जित्ने थिईन यो निवार्चन” । हुन पनि जम्मा दुई सय भोटले जितेका थिए उनले ,आफ्नो निकटतम प्रतिद्धन्धि भन्दा । केहि नभए पनि दुई हजार मततै मैलेनै दिलाएको थिए उनलाई । त्यसैले पनि मलाई विर्षेनन होला, यस्तै कुराले चित्त वझाए ।
वर्षदिनभन्दा वढि भयो सञ्जन प्रसाद गाँउ फर्केनन । टेलिभिजनमा दैनिक जस्तो दर्शन पाइन्थ्यो । मेरी कान्छि छोरीले देख्नासाथ, “उ वा का नेता आए टिभिमा” भन्न कहिल्यै छुटाईन । यस वीचमा मैले सञ्जन प्रसादलाई तिन चार चोटि फोन गरिसकेको थिए, तर वारम्वार तिनै पुरुषले फोन उठाए र सुगा रटान जस्तो एउटै वाक्य फर्काए, उहा व्यस्त हुनुहुन्छ, म खवर गर्दिन्छु ।  सायद उसले खवर कहिल्यै गरेन जस्तो छ, उतावाट कहिल्यै फोन आएन ।
वर्षा याम लाग्दै थियो, झरी पर्न केहि समय वाकी । यसै वेला गाउको काठे पुल भत्कियो । वर्षेनी भत्किन्छ यो पुल, नभत्कियोस पनि कसरी दश गाउलेलाई झेल्नुपर्छ यस्ले । सदरमुकाम जोडने एउटै मात्र वाटोको मेरुदण्ड हो यो । गाउमा छलफल चलायौ, अरु वर्ष जस्तो टालटुल गर्नु भन्दा पक्कि पुलनै वनाउने योजना वन्यो । योजनालाई सफल तुल्याउने एउटै मात्र व्यक्ति देखियो सञ्जन प्रसाद । मलाई सञ्जन प्रसादको आफ्नो मान्छे ठानेर राजधानि सम्म भेटन जानुपर्नेभो, मेरो नेतृत्वमा पाँच जनाको टोलि । गाउलेहरुले सहृदय, सदभाव सहित विदाई गरे, उनीहरुको आखामा देखिएको आशाका त्यान्द्राहरु अझै याद आउछ मलाई । राजधानीको यउटा अथिति गृहमा वसेर दुई दिन पछि भेट्न पाईने भो सञ्जन प्रसादलाई । उक्त दिन सवेरै भेट्न गयौ । मन्त्रि निवासको एक अतिथि कोठामा राखियो हामीलाई । सञ्जन प्रसाद कोठामा छिरे हसिलो मुद्रमा तर हतारिएका जस्ता देखिन्थे । हाम्रो वाक्क निस्कनुअघिनै भने “के गर्नु सवै तिर भ्याउनुपर्ने, तत्काल एउटा उदघाटन कार्यक्रममा जानुपर्ने भो, अलिक छोटकरीमा कुरा गरौ है?” स्वकृति जनाउदै मैले प्रस्ताव राखिहाल,े “मन्त्रिज्यू हजुरलाई त थाहा छदै छ हाम्रो गाउको कच्चि पुलको वारे । अस्ति त्यहि पुल पनि भत्कियो, हामी सदरमुकाम पनि जान नपाउने भयौ, वच्चाहरु विद्यालय पनि जान नपाउने भए, त्यसैले हजुरमन्त्रि भएकै समयमा दयादृष्ट्रि भएमा एउटा पक्कि पुल वनाउने सोच आएर विन्ति गर्न आएको ।” मेरो कुरा नसिसध्दिदै उनले आफ्ना कुरा राखे । “हेनुस त्यसैत अहिले विपक्षिहरु आफ्ना व्यत्तिको लागि मात्र काम गर्दैछ भनेर उफ्रदैछन्, त्यसमाथि मैले पक्कि पुल वनाउने भनेर सुनाए भनेत मेरो उठिवासै लाउनेछन। तसर्थ कृपया यो पक्कि पुल आगामि वर्षमा वनाउला, अहिले त्यहि कच्चिवाटनै काम चलाउ है। वरु म त्यसमा सहयोग गर्छु, मेरो आफ्नै पकेटवाट पाँचहजार दिन्छु । पर्सि मेरो अफिसमा आएर लिनुन है। मेरो कुरा त वझ्यौ नि है हर्के दमाई, तिमि त वुझछौ नि मेरो वाध्यता ।” म अवाक रहे। यति भनेर उनी दौडिए, प्राङ्गडमा राखिएको चिल्लो गाढी तर्फ । हामी पनि अतिथि गृह प्रस्थान ग–यौ ।

मन अमिलो पारेर अतिथि गृहको टेलिभिजनमा हेर्दे थिए, त्यहा सञ्जन प्रसादनै वोल्दैथिए “ यो सरकार गाउलेहरुको सुखदुखमा साथ दिने र विकास निर्माणका कार्यमा सहयोग गर्न कटिवध्द छ ।” पछाडि व्यानरमा देखियो, रातकि रानी डान्स रेस्टुरेन्ट उदघाटन कार्यक्रम । त्यसवेला यादआयो चुनावको वेला पिठ्यूमा राखेर सञ्जनप्रसादलाई खोला तार्दै गर्दा मलाई भनेका थिए “ सुन हर्के, निर्वाचित भए पछि सवभन्दा पहिले खोलामा पक्कि पुल राख्न लगाउनेछु ।” मलाई एकाएक विरत्त लाग्यो । खै साथिहरु के सोच्दै थिए, म चाहि त्यो पाँच हजारको लागि दुई दिन अवश्य रोकिनेवाला थिईन, महंगो अतिथि गृहमा । त्यसवेला मलाई त्यहि पाँचहजार पनि दिनेछन भन्ने कुरामा संका थियो । अनि तत्काल झोला वोकेर रात्रिवसमा हिड्यौ गाउतिर । वसमा बस्दै रहदा मलाई अनेक तर्कनाहरु आए मनभित्र, छोराको जिज्ञासा र गाउलेहरुको आशपुर्ण हेराई मेरालागि प्रश्नहरुको पाहाड वन्यो । धिक्करे आफैलाई त्यसवेला मनैदेखि ।
त्यसपछि मलाई राजनिती र नेता भन्ने शव्दहरुदेखिनै घृणा छ । पछि सुने नया मन्त्रि मण्डल वन्यो, सञ्जन त्यसमा पनि मन्ञि भए। त्यसछि पनि अनेकन सरकार परिवर्तन हुदै गए तर पत्रकारको भनाईमा सञ्जन सदा सञ्जननै रहे एक विकासप्रेमि प्रभावि राजनितिज्ञ, कदापी असञ्जन भएनन । अहिले आएर सञ्जन लगाएत सवै सांसदवाट वाहिर छन । सुन्दैछु , निर्वाचन गराउने रे, त्यसैको लागि निर्वाचन गराउने ठेक्का आव्हान गरिएको छ । अनि सञ्जन फेरी गाँउ आउदैछन । कति समय हामी यि सञ्जनको पूजा गरेर वस्ने ? यो त अवश्यनै हो सञ्जन नभए अर्को त्यस्तै दुर्जन निर्वाचित होला । के हाम्रो मतको सदुपयोग गर्नेहरु छैनन यहा ? कति समय चल्नेछ यो देश खै, यस्तै ठेकदारहरुको हातमा ? 



बद्री ‘विशाल’

About The Blogger

About The Blogger
Badri Khanal is An Agriculture Economist from Nepal
Powered by Blogger.

Popular Posts

Total Pageviews

Flag Counter

Flag Counter

Disclaimer

This Blog does not represent communication for Blogger's Employer and Professional Societies. These are Blogger's personal views, experiences and whenever applicable cited from somewhere ( with citation given).

Feedback

Feedback to this blog can be delivered at badri.khanal1@gmail.com.